127
सुलेमानले रचेको, मन्दिर तर्फ जाँदैगर्दा गाएको भजन।
1 यदि घर बनाउँने परमप्रभु हुनुहुन्न भने।
घर बनाउनेहरूले त्यसै तिनीहरूको समय बर्बाद गरिरहेछन्।
यदि यो शहरमाथि परमप्रभुले ध्यान दिनु भएको होइन भने
प्रहरीहरूले आफ्नो समय व्यर्थ खेर फ्याँकिरहेछन्।
2 जीवन तयार पार्ने चेष्टामा विहान चाँडै जागेर
राती ढिलो सम्म बस्नु चाँहि समय नष्टपार्नु मात्र हो।
परमेश्वरले मन पराउनु भएका आफ्ना मानिसहरू
मस्त सुतीरहेका बेला पनि ध्यानमा राख्नु हुन्छ।
3 शिशुहरू परमप्रभुकै उपहार हुन्।
आमाको शरीरबाट पुरस्कार हो।
4 आफू जवान रहेको समयमा जन्मेका छोराहरू
सिपाहीको तरकसको काँडहरू जतिकै हुन्।
5 जुन मानिसको आफ्नो तरकस छोराहरूले भर्छ,
त्यो अत्यन्तै खुशी हुनेछ।
त्यो मानिस कहिल्यै परास्त हुने छैन।
उसको छोराहरूले उसलाई जनसमूह समक्ष उसको शत्रुहरू विरूद्ध सहायता गर्नेछन्।