114
 1 इस्राएल ले मिश्र त्यागेर गए। 
याकूबले त्यो विदेशलाई त्यागेर गए। 
 2 यहूदा परमेश्वरको खास मानिस भए। 
इस्राएल उसको राज्य हुन गयो। 
 3 लाल समुद्रले यो देखेर भाग्यो, 
यर्दन नदी उल्टा बग्न थाल्यो। 
 4 पर्वतहरू भेडाहरूझै वरिपरि नाच्न थाले। 
पहाडहरू भेडाका पाठाहरू जस्तै उफ्रन थाले। 
 5 लाल समुद्र, तिमी किन भागेर गयौं? 
यर्दन नदी, तिमी किन फर्केर भागी गयौ? 
 6 हे पर्वतहरू! तिमीहरू भेडाहरू झैं किन खुशीले उफ्रियौ? 
अनि पहाडहरू! तिमीहरू किन भेडाका पाठाहरू झै बुथ्रुक-बुथ्रुक उफ्रियौ? 
 7 हे पृथ्वी, याकूबको परमप्रभु परमेश्वर 
स्वामीको सामने थरहरी हो। 
 8 परमेश्वर नै हुन् जसले चट्टानबाट पानी बग्ने बनाउनु भयो। 
परमेश्वरले कडा चट्टानबाट झरना बहाउनु भयो।