137
1 हामी बाबेल नदीहरूका किनारमा बसेर
सियोनलाई सम्झेर रोयौ।
2 हामीले हाम्रा वीणाहरू छेउमा भएको बेंसीको रूखहरूमा झुण्डाएर राख्यौ।
3 बाबेलमा जसले हामीलाई पक्रेर राखे उनीहरूले नै गीत गाउनु भने।
तिनीहरूले हामीलाई खुशीका गीतहरू गाउन भने,
तिनीहरूले हामीलाई सियोनको बारेमा गीतहरू गाउनु भने।
4 तर कसरी विदेशमा हामीहरू
परमप्रभुका गीतहरू गाउन सक्छौं?
5 हे यरूशलेम, यदि मैले तिमीलाई बिर्सेको भए,
मैले कहिल्यै फेरि दाहिने हातले वीणा बजाउनु बिर्सिने थिएँ।
6 यरूशलेम यदि मैले तिमीलाई भुलेको भए
तब म भरोसा गर्छु फेरि कहिल्यै गाउने थिईन्।
म कसम खाँन्छु,
म तिमीलाई कहिलै भुल्ने छैन।
7 म कसम खाँन्छु यरूशलेम सधैं मेरो महान् आनन्द हुनेछ।
हे परमप्रभु, एदोमीहरूले के काम गरे, याद गर्नुहोस्।
तिनीहरूले चिच्यए, “पूर्णरूपले विध्वंश पार,
त्यसको जगसम्मै पूर्णरूपले विध्वंश गर।”
8 हे बेबिलोन, तिमी नाश हुनेछौ!
त्यस मानिसलाई धन्यवाद देऊ जसले तिमीलाई दण्ड दिन्छ जुन दण्डको निम्ति तिमी योग्य थियौ। त्यस पुरूषलाई धन्यवाद देऊ जसले तिमीलाई कष्ट दियो जसरी तिमीले हामीलाई कष्ट दियौ।
9 त्यस मानिसलाई धन्यवाद देऊ
जसले तिमीहरूका शिशुहरू समाते र तिनीहरूलाई ढुङ्गामा थेचारे।