17
पशुहरू मारेर खाने नियमहरू
1 परमप्रभुले मोशालाई भन्नुभयो,
2 “हारून, तिनका छोराहरू र इस्राएलका समस्त मानिसहरूलाई भन। तिनीहरूलाई भन, परमप्रभुले दिनुभएको आज्ञा यही हो।
3 इस्राएलीहरूले एउटा साँढे एउटा पाठो अथवा एउटा बोका पालको बाहिर अथवा भित्र काट्नु सक्थ्यो।
4 त्यस मानिसले भेट हुने पालको ढोकामा पशुलाई ल्याउनुपर्छ। उसले पशुको एक भाग परमप्रभुलाई उपहार चढाउनुपर्छ। पशु मारेपछि उसले परमप्रभुलाई उपहार स्वरूप एक भाग चढाउनै पर्छ। यदि उसले परमप्रभुलाई यसको एक भाग उपहार चढाउँदैन भने त्यस मानिसलाई आफ्ना मानिसहरूबाट छुट्याउनु पर्छ।
5 यो विधि यसकारण बनाइएको हो जसले गर्दा इस्राएलका मानिसहरूले आफ्नो मेलबलि परमप्रभुलाई चढाउन्। तिनीहरूले मैदानमा मारेको पशु परमप्रभुकहाँ भेट हुने पालको ढोकोमा ल्याउनु पर्छ।
6 तिनीहरूले पूजाहारीकहाँ ल्याउनु पर्छ र पूजाहारीले ती पशुहरूको रगत भेट हुने पालको ढोकामा परमप्रभुको वेदीमा छर्किनु पर्छ र पशुहरूको बोसो पूजाहारीले वेदीमा जलाओस् जसले गर्दा यसको सुगन्धले परमप्रभुलाई आनन्दित तुल्याओस्।
7 अब उसो तिनीहरू ‘बोका मूर्तिहरूलाई’ आफ्नो बलि चढाउने छैनन्। तिनीहरू अरू देवताहरूको पछि लागेका छन्। त्यसरी तिनीहरूले वेश्याहरू सरह आचरण गरे। यी नियमहरू सधैंका लागि चल्नेछन्।
8 “मानिसहरूलाई भन कोही इस्राएली अथवा तिमीहरूसँग बस्ने कोही विदेशीले होमबलि वा बलिदान चढाउन सक्छ।
9 तर यदि ऊ यो चढाउँछ, तब उसले आफ्नो बलि भेट हुने पालको प्रवेशद्वारमा परमप्रभुसमक्ष उपहारको रूपमा लानु पर्छ। यदि ऊ यसो गर्दैन, उसलाई आफ्ना मानिसहरूबाट छुट्याउनु पर्छ।
10 “इस्राएलीहरू मध्ये कसैले ऊ नागरिक होस् अथवा यात्री विदेशी जो तिमीहरूसंग रगत खान्छ, म उसको विरूद्ध रहनेछु अनि म उसलाई आफ्ना मानिसहरूबाट छुट्याउनेछु।
11 किन? किनभने शरीरको प्राण रगतमा हुन्छ मैले यो तिमीहरूलाई वेदीमा आफूलाई शुद्धपार्न दिएकोछु, कारण रगतले नै मानिसहरूलाई शुद्ध पार्छ।
12 यसर्थ म इस्राएलीहरूलाई भन्दछु तिमीहरू मध्ये, कसैले चाहे, स्वदेशी होस् अथवा विदेशी जो तिमीसँग वास गर्छ उसले रगत खानु हुँदैन।
13 “इस्राएलको कुनै पनि मानिस त्यो नागरिक होस् अथवा विदेशी, जो सुकै होस्, यदि उसले खानु हुने पशु अथवा चरा समाते; उसले त्यसको रगत भूइँमा खन्याएर धुलोले छोपोस्।
14 तिनीहरूले किन यस्तो गर्नैपर्छ? किनभने, यदि मासुमा रगत छ, प्राणीमा प्राण अझै विद्यमान छ। यसर्थ म इस्राएलीहरूलाई आदेश दिन्छु तिनीहरूले कुनै मासु खानु हुँदैन जसमा रगत हुन्छ। जुन मानिसले रगत खान्छ, यसलाई छुट्याइन्छ।
15 “यदि कुनै मानिसले आफैं मरेको पशुको मासु खान्छ, अथवा अन्य कुनै पशुले मारेको पशुको मासु खान्छ त्यो मानिस साँझसम्म अशुद्ध रहनेछ। त्यो मानिस स्वदेशी होस् अथवा विदेशी, यदि तिमीहरूको माझमा भए उसले आफ्नो लुगाहरू धुनैपर्छ अनि शरीर सम्पूर्ण नुहाउनु पर्छ।
16 यदि त्यस मानिसले आफ्नो लुगाहरू धुँदैन अनि शरीर सम्पूर्ण नुहाउदैन भने ऊ पापको दोषी बनिनेछ।”